१४ बैशाख २०८१, शुक्रबार

ट्रिपरको ठक्करवाट यादवको मृत्यु


accident-logo

१ चैत, लहान । सिरहाको नरहा गाउँपालिका-३ मा बिहीबार बिहान ट्रिपरको ठक्करले गम्भीर घाइते भएका मिर्चैया नगरपालिका ७ फूलबरियाका अन्दाजी २४ वर्षीय रामप्रताप यादवको मृत्यु भएको छ ।

मोटरसाइकलमा यादवसँगै रहेका अन्दाजी २३ वर्षीय उदयचन्द्र यादवलाई गम्भीर अवस्थामा उपचारका लागि काठमाण्डौ ल्याइएको प्रहरीले जनाएको छ ।

स१क १७१ नं. को ट्रिपरले विपरीत दिशावाट आउँदै गरेको स३प १४५६ नं. को मोटरसाइकललाई बिहान पौने १० बजेतिर ठक्कर दिंदा गम्भीर घाइतेमध्ये रामप्रतापको उपचारको क्रममा मिर्चैयास्थित मंगलम हस्पिटलमा मृत्यु भएको हो । चालक फरार रहेकाले खोजी भइरहेको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !