१४ बैशाख २०८१, शुक्रबार

नेपालले एकदिवसीय मान्यता पाउन पीएनजीलाई हराउनै पर्ने


Nepal-Cricket Team

एजेन्सी, १ चैत । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीसँग खेल्दैछ ।

सुपर सिक्समा पर्न नसकेपछि विश्वकप छनोटबाट बाहिरिएको नेपालको बिहीबारको खेल एकदिवसीय मान्यताका लागि हो ।

समूह एको पाँचौं स्थानमा रहेको पीएनजी र समूह ‘बी’को चौथो स्थानमा रहेको नेपालबीचको प्लेअफ खेल नेपाली समयअनुसार बिहीबार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।

यसअघिका सबै खेल वुलावायोमा खेलेको नेपालले बिहीबार हरारेस्थित हरारे स्पोर्टस क्लबको मैदानमा खेल्नेछ । नेपालका लागि यो मैदान नयाँ हो ।

यस खेलमा नेपाल विजयी भएमा एकदिवसीय मान्यताका लागि नजिक हुनेछ ।

बिहीबारै समूह ‘ए’ मा चौथो भएको नेदरल्याण्ड्स र समूह ‘बी’मा पाँचौं भएको हङकङबीच पनि हुने अर्को प्लेअफमा प्रतिस्पर्धा हुनेछ । त्यस खेलमा नेदरल्याण्ड्स विजयी भएमा र नेपालले पीएनजीलाई हराएमा नेपालले एकदिवसीय मान्यता पाउनेछ ।

तर, त्यस खेलमा हङकङ विजयी भएमा नेपालले सातौं स्थानका लागि अर्को खेल खेल्नेछ र आगामी चार वर्षको नेपाली क्रिकेटको भविष्य त्यही खेलले निर्धारण गर्नेछ ।

बिहीबार हुने दुवै प्लेअफमा पराजित हुने टोली डिभिजन टू मा घटुवा हुनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !