६ जेष्ठ २०८१, आइतबार

तिमिल्सिनालाई राष्ट्रियसभा अध्यक्ष बनाउने एमाले निर्णय


Ganesh timilsina

२८ फागुन, काठमाण्डौ । नेकपा एमालेले गणेश तिमिल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले शीर्ष नेताहरुको सोमबार बसेको बैठकले तिमिल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । तिमिल्सिना पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् ।

अध्यक्षका अर्का दावेदार परशुमेघी गुरुङलाई राष्ट्रियसभा दलको नेता बनाउने निर्णय भएको कार्यालय सचिव एवं सांसद कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !