१४ बैशाख २०८१, शुक्रबार

भोलिदेखि सार्वजनिक सवारी जोर-बिजोरमा चलाउन दिने निर्णय, पसलसमेत खोल्न पाइने


सार्वजनिक सवारी

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सार्वजनिक सवारीमा स्वास्थ्य प्रोटोकल अपनाएर जोर-बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

‘‘व्यवस्थित र स्वास्थ्य प्रोटोकल अपनाएर यात्रुबाहक सार्वजनिक सवारी चल्न दिइनेछ । २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सवारी साधनमा विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइनेछ,” प्रजिअ निरौलाले भने, “सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !