११ जेष्ठ २०८१, शुक्रबार

मनोनित राष्ट्रियसभा सदस्यले राष्ट्रपतिलार्इ भोट हाल्न नपाउने


Sapat

२५ फागुन, काठमाण्डौ । राष्ट्रियसभा सदस्यका लागि सरकारले मनोनित गरेका तीन सदस्यहरुले अाज सपथ लिएका छन् ।

राष्ट्रियसभाकी जेष्ठ सदस्य तारादेवी भट्टले उनीहरुलार्इ सपथ गराएकी हुन् ।

अाज सपथ लिएका उनीहरुले राष्ट्रपतिको निर्वाचनमा भने मतदान गर्न पाउने छैनन् ।

निर्वाचन कार्यालयले राष्ट्रपतिको निर्वाचन प्रयोजनका लागि यसअघि नै मतदाता नामावली सार्वजनिक गरिसकेको छ।

यसअघि सर्वोच्चले अन्तरिम अादेश जारी गरी सपथ रोकेको थियो ।

सरकारले राष्ट्रियसभामा डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल रार्इलार्इ मनोनित गर्न सिफारिस गरेको थियो ।

तीनै जनाविरूद्ध परेको रिट सर्वोच्चले बुधबार खारेज गरेपछि उनीहरूको सपथको बाटो खुलेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !