२१ बैशाख २०८१, शुक्रबार

माडीका ६० चेपाङसहित १२० परिवारलाई खाद्यान्न


चेपाङ बालबालिका

भरतपुर । माडीका विपन्न तथा चेपाङ परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । लियो क्लब अफ भरतपुर युथले शनिबार एक कार्यक्रमबीच माडी नगरपालिका १२० परिवारलाई खाद्यान्न वितरण गरेको हो । माडी ८ का ५३ जना विपन्न परिवार, माडी ७ स्थित परी खोला किनारमा रहेका चेपाङ बस्तीका ६० परिवार र एचआईभी सङ्क्रमित भएका ८ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । यस्तै माडी ८ का २० किसानलाई फरुवासमेत वितरण गरिएको छ ।

वडा नम्बर ८ को कार्यालयमा वडाध्यक्ष कृष्ण राज अधिकारीले विपन्न परिवारको छनोट गरेका गर्नुभएको थियो । उहाँले धेरै विपन्न नागरिकबाट अति विपन्न छानेको बताउनुभयो । त्यसमा पनि धेरै जसो दलित समुदायका परिवार छानेको उहाँले बताउनुभयो । माडी ७ मा भने चेपाङ गाउँमा नै पुगेर त्यहाँ रहेका सबै ६० घर परिवारलाई खाद्यान्न बाँडिएको थियो । दुई वर्षअघि कुशुम खोलाबाट ती चेपाङ परिवारलाई विस्थापित गरेर बस्ती नजिकको परी खोला किनारमामा ल्याएर राखिएको थियो । खोला किनारमा रहेका उनीहरूको अवस्था निकै दयनीय रहेको वडाध्यक्ष बाल कृष्ण सापकोटाले बताउनुभयो । एउटै कोठा भएको सानो झुप्रोमा ५÷७ जनाको परिवार बसेका उनीहरूको अवस्था निकै दयनीय देख्न सकिन्छ ।

नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

चितवन प्रहरीले अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने २१ सवारीसाधन नियन्त्रणमा लिएको छ । कालिका नगरपालिका वडा नं ८ र रत्ननगर नपा वडा नं १४ र १६ स्थित कयर खोलामा अबैधरूपमा उत्खनन् तथा चोरी निकासी गरिरहेको अवस्थामा शनिवार ती सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले जेसीबी एकवटा, टिपर २ वटा, ट्रयाक्टर १८ वटा गरी जम्मा २१ (एक्काइस) वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !