१५ बैशाख २०८१, शनिबार

कोरियन भाषा परीक्षाको आवेदन दर्ता चैत ८ देखि


eps-korea

२४ फागुन, काठमाण्डौ । नवौं कोरियन भाषा परीक्षा आउँदो जेठ २६ र २७ गते हुने भएको छ । इपिएस परीक्षाको लागि चैत ८ देखि आवेदन दर्ता हुने भएको छ। १७ गतेसम्म आवेदन दर्ता हुने इपिएस कोरिया शाखाले जनाएको छ ।

नवौं कोरियन भाषा परीक्षाबाट उत्पादमुलक क्षेत्रतर्फ ४८ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ २३ सय गरी जम्मा ७१ सय जना उत्तीर्ण हुने शाखाले जनाएको छ । परीक्षा पोखरा र काठमाडौंमा हुनेछ । परिक्षार्थीले नै आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने शाखाले जनाएको छ ।

पोखराका हकमा भने शुरुमा केन्द्र रोजेका मध्ये १२ हजार जनाले पोखरा केन्द्र छनोट गर्न पाउने जानकारी  शाखाले दिएको छ । परीक्षाको नतिजा २०७५ असार १६ गते प्रकाशन गरिने इपिएस कोरिया शाखाले जनाएको छ ।

परीक्षा शुल्क २४ डलर तोकिएको छ । १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदन दिनेहरु फौजदारी अभियोगमा नपरेको, गैह्र कानूनी रुपमा कोरिया बसी फिर्ता पठाएको हुन नहुने, सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्ने इपिएस कोरिया शाखाले जनाएको छ ।

आवेदन दर्ता गर्नका लागि eoers.epsnepal.gov.np मा गई अनलाइन फारम भर्नुपर्ने इपिएस कोरिया शाखाले जनाएको छ ।

फारम भर्नका लागि राहदानीको फोटो भएको पेजको रंगीन स्कयान गरी जेपिजी इमेज फाइल बनाइ अपलोड गर्नुपर्नेछ। आवेदनमा अनिवार्य रुपमा इमेल ठेगाना र मोबाइल नम्वर उल्लेख गर्नुपर्नेछ । फारममा तीन महिनायताको फोटो अपलोड गर्नुपर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !