१४ बैशाख २०८१, शुक्रबार

आर्थिक अभावमा रहेको कोरोना सङ्क्रमित परिवारलाई सहयोग


बच्चा

गण्डकी । आर्थिक अभावमा रहेको कोरोना सङ्क्रमित परिवारलाई पोखरामा क्रियाशील नेपाली कांग्रेसका युवाको सक्रियतामा सहयोग गरिएको छ ।

आर्थिक अभावपछि मणिपाल शिक्षण अस्पतालले निकालेको २१ दिने कोरोना सङ्क्रमित शिशुका परिवारलाई कांग्रेसको पहलमा सहयोग गरिएको हो । एक्काइस दिने शिशुसहित उनका बाबुआमा पनि सङ्क्रमित रहेका र उहाँहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

रोल्पा घर भई विगत पाँच वर्षदेखि पोखरामा मजदूरी गर्दै आएको उक्त परिवार आर्थिक सङ्कटमा भएको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कांग्रेसका युवानेता भानु ढकालको विशेष पहलमा आर्थिक सहयोग जुटाइएको हो । पोखरा फूलबारीमा डेरा गरी बस्दै आएका उहाँहरुलाई रु एक लाख ५८ हजार आर्थिक सहयोग गरिएको ढकालले जानकारी दिनुभयो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीको रोहवरमा नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देल, जिल्ला सदस्य भीम गौतम लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !