१४ बैशाख २०८१, शुक्रबार

अभ्यास खेलमा नेपाल र हङकङ भिड्दै


Nepal Hongkong

१७ फागुन, जिम्बाव्बे । विश्वकप छनोट प्रतियोगिता खेल्न जिम्बाव्बेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार (आज) दोस्रो अभ्यास खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ । विश्व कप क्रिकेटको छनोट खेल यहि फागुन २० गतेबाट सुरु हुँदैछ। प्रतियोगिताको समूह बीमा रहेको नेपालले जिम्बाव्बे,अफगानस्तान, स्कटल्याण्ड र हङकङसंग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराएको नेपाल आज उच्च मनोवलका साथ मैदान उत्रदैछ । नेपालले आफ्नो पहिलो खेलमा फागुन २० गते बलियो टोली आयोजक जिम्बाव्बेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । त्यस्तै नेपालले दोस्रो खेलमा फागुन २४ गते स्कटल्याण्ड, तेस्रो खेलमा फागुन २६ गते अफगानस्तान र अन्तिम खेलमा फागुन २८ गते हङकङसँग खेल्नेछ ।
प्रतियोगिताको समूह एमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड रहेका छन् ।

दुवै समूहका शिर्ष तीन टोली सुपर लिगमा पुग्नेछन् भने समूहको पुछारमा रहने २ टीम डिभिजन २ मा झर्नेछन् ।

खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !