९ जेष्ठ २०८१, बुधबार

नवराज सिलवाल गृहराज्यमन्त्री बन्ने निश्चित


Nabaraj-silwal-Dig

१५ फागुन,काठमाण्डौ । गृहमन्त्रीको रुपमा चर्चा गरिएका ललितपुर प्रतिनिधिसभा सदस्य तथा पुर्व डिआइजी नवराज सिलवाललाई फेरी गृहराज्यमन्त्रीका रुपमा चर्चा गर्न थालिएको छ । निर्वाचनमा मत माग्दा सिलवालले आफुलाई गृहमन्त्रीका रुपमा प्रस्तुत गरेका थिए ।

मन्त्रालय भागवण्डामा गृहमन्त्री माओवादीको भागमा परेपछि सिलवालको गृहमन्त्री बन्न बाटो मेटियो । तर प्रधानमन्त्री केपी ओलीले एतिबेला सिलवालाई गृह राज्यमन्त्री बनाउने तयारी गरेका छन् ।

गृहमन्त्रालय माओवादीलाई गएपनि राज्यमन्त्रीमा सिलवाललाई समावेश गराउन ओलीले माओवादी रिझाउन थालेको स्रोतले बताएको छ । ओलीले गृहमन्त्री रामवहादुर थापा बादल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग यस विषयमा कुरा गरीसकेका छन् । यस कुरामा प्रचण्ड र बादल समेत ओलीको यस प्रस्तावमा सकारात्मक भएको स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !