काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले विनयजंग बस्नेतमाथिको अनुसन्धान सकिएको जनाएको छ । सपना रोका मगरको अश्लिल फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउने विनयजंगमाथिको अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
विनयजंगमाथिको अनुसन्धान सकेर विद्युतीय कारोबार ऐनअनुसारको कसुरमा सजाय मागदाबी गर्दै प्रतिवेदन बुझाइएको हो ।