२० बैशाख २०८१, बिहिबार

जघन्य घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन मन्त्रालय प्रतिबद्ध छ : गृहमन्त्री थापा

गृहमन्त्री थापा भन्छन्, 'महिला हिंसा नियन्त्रणमा सरकार संवेदनशील छ'


रामबहादुर थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको बताएका छन् ।

“त्यस्ता जघन्य घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन मन्त्रालय प्रतिबद्ध छ”, उनले सामाजिक सञ्जाल मार्फत भने, “बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानूनी कारवाहीको दायरामा आइसकेको छ ।”

मन्त्री थापाले संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितको समूहलाई धन्यवाद पनि दिए । यसअघि गृहमन्त्री थापाले मङ्गलबार मात्रै उक्त घटनाको दोषी नजिक प्रहरी पुगिसकेको सार्वजनिक गरेका थिए ।

बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको आरोपमा पक्राउ परेका १६ वर्षका किशोरलाई पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !