१९ बैशाख २०८१, बुधबार

घुस लिएको अभियोगमा लेखा अधिकृत र नायब सुब्बाविरुद्ध मुद्दा


मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार विभिन्न फाँटबाट नगदी रसिद काटी सङ्कलन भएको रकम लेखा शाखाबाट बैंक दाखिला नगरी हिनामिना गरेको अभियोगका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पाइएकाले उनीहरुविरुद्ध आज मुद्दा दायर गरिएको हो ।

आयोगले नायबसुब्बा मनोजकुमार निरौलाविरुद्ध रु चार लाख ७१ हजार ६१३ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । यस्तै लेखा अधिकृत रिठ्ठे दर्जीविरुद्ध रु सात करोड आठ लाख १७ हजार ३७ र लेखापाल बलराम सापकोटाविरुद्ध रु ५८ लाख ४३ हजार ८०६ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !