८ जेष्ठ २०८१, मंगलबार

प्रचण्ड र मोहनविक्रम छलफल गर्दै, ”वाम गठबन्धनलाई विस्तार गरौं”


prachand-mohanbikram

२७ पुस, काठमाण्डौ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ ।

सिंह बिहीबार बिहान प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । सिंह र प्रचण्डबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन र नेकपा (एमाले) र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता र वाम गठबन्धनको विस्तारलगायतका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

भेटमा नेता सिंहले वामपन्थी मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए । भेटका क्रममा प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !