२० बैशाख २०८१, बिहिबार

दशैँ बिदा छिट्टै, केही समय निषेधाज्ञा जारी गर्ने पक्षमा सरकार


काठमाडौं उपत्यका

काठमाडौँ, २५ असोज । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को निर्देशक समितिका पदाधिकारीले कोरोना रोकथामबारे छलफल सुरु गरेका छ । कोरोनाको संक्रमण तीब्र भएपछि सीसीएमसी समितिले विभिन्न विकल्प अघि सार्ने भएको छ । सबै सरकारी कार्यालयमा १ कात्तिकबाटै विदा दिने र निजी क्षेत्रलाई पनि यही समयबाट दसैं विदा गर्न आग्रह गर्ने भएको छ ।

स्रोतका अनुसार संक्रमण दर उच्च भएका क्षेत्रहरुमा केही समय निषेधाज्ञा जारी गर्ने विकल्पमा पनि छलफल भइरहेको छ । साथै वडासम्मै संयन्त्र बनाएर जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ लागू गर्ने भएको छ । समितिले यी प्रस्तावहरु आगामी मन्त्रिपरिषद् बैठकमा पेश गर्ने भएको छ । उक्त विकल्पहरुबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !