१४ बैशाख २०८१, शुक्रबार

सेनाले गर्यो कङ्गो घटनाबारे छानबिन शुरु


सेना

काठमाडौँ, १० असोज । नेपाली सेनाले अफ्रिकी मुलुक कङ्गोमा भएको कुटपिटको घटनाको छानबिन शुरु गरेको छ । शान्ति स्थापनार्थ त्यहाँ तैनाथ गणको जवान लाइनमा भएको सैनिक आचरण र मर्यादा विपरितको घटनामा संलग्न सबै जवान तथा अधिकृत छानबिन शुरु भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

सेनाले बिहिबार राति केही जवानले मादक पदार्थ खाई वादविवाद र होहल्ला गरेपछि सैनिक अनुशासन कायम गर्ने सन्दर्भमा भएको भनिएको घटनाको जेष्ठ सेनानीको नेतृत्वमा छानविन शुरु गरेको जानकारी दिइएको छ । अधिकृतस्तरका सैनिकले अनुशासन कायम गराउने सन्दर्भमा गरेको कारवाहीमा उक्त घटनामा केही जवान घाइते भएको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !