१४ बैशाख २०८१, शुक्रबार

मास्क नलगाउने मानसिक रोगी


मास्क

काठमाडौं, ६ साउन । ‘मलाई कोरोना भाइरस सर्दैन, त्यसैले म मास्क लगाउँदिनँ’ भन्ने सोच मानसिक रोग भएको विशेषज्ञहरुको धारणा छ । ‘मास्क लगाउँदा कोरोना भाइरसको संक्रमण ७५ प्रतिशतले नियन्त्रित हुने अध्ययनले देखाइसकेको अवस्थामा मास्क लगाउन नचाहनु एक प्रकारको मानसिक समस्या हो’डा. युएन क्वक–युङ्गले टिप्पणी गर्नुभएको छ । हङकङ युनिभर्सिटीका शोधकर्ता क्वक–युङ्ग सन् २००३ मा सार्स भाइरस पत्ता लगाउनेमध्येका एक रहेको सिएनबिसीले जनाएको छ ।

विश्वमा सबैभन्दा ठूलो परिमाणमा संक्रमित रहेको अमेरिकामा पनि पछिल्लो समय मास्क लगाउने तत्परता बढेसँगै संक्रमण र मृत्युदरमा कमी आएको विश्लेषकहरुको ठहर छ । नेपालमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधनसमेत चलाएर बन्दाबन्दी पूर्णरुपमा हटाउन लागिएको बेला मास्कको पहिरनमा लापर्बाही अपनाइए महामारी पहिलेभन्दा ठूलो रुप लिएर फर्किने नेपाली चिकित्सकहरुको चेतावनी रहेको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !