१२ आश्विन २०८१, शनिबार

नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज नगर्न सर्वोच्चको आदेश


कात्तिक १६, काठमाडौँ । काठमाडौं नेशनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयले दिएको अस्थायी सम्बन्धन खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सम्बन्धन खारेज नगर्न आदेश दिएको हो ।
कलेजका सन्चालक जैनुद्धिन अन्सारीले दायर गरेको रिटमा सर्वोच्च अदालतले काठमाडौं नेशनल मेडिकल कलेजको अस्थायी सम्बन्धन खारेज गर्ने त्रिवि कार्यकारी परिषद्को गत भदौ १७ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
अन्सारी पक्षका कानुन व्यवसायीहरूको एकपक्षीय सुनुवाइका आधारमा सर्वोच्चले आदेश दिएको हो । अदालतको आदेशपछि काठमाडौं नेशनल मेडिकल कलेज त्रिविको अस्थायी सम्बन्धन पाएको मेडिकल कलेजको हैसियतमा पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !