१४ बैशाख २०८१, शुक्रबार

अफ्रिकन कप फुटबलको उपाधि अल्जेरियालाई


एजेन्सी, ४ साउन । इजिप्टमा शुक्रबार राति भएको फाइनल खेलमा सेनेगललाई १–० गोलले पराजित गर्दै अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ ।

अल्जेरियाले दोस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको हो । यसअघि अल्जेरियाले सन् १९९० मा पहिलो पटक उपाधि उचालेको थियो ।

सेमिफाइनलमा अल्जेरियाले नाइजेरियालाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । सेनेगलले ट्युनिसियालाई अतिरिक्त समयमा आत्मघाती गोल सहयोगमा १–० गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !