१९ बैशाख २०८१, बुधबार

भारतको अरुणाचल प्रदेशमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प


भारतको अरुणाचल प्रदेशमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

११ बैशाख, काठमाडौं । भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकम्प गएको हो । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिण पश्चिममा रहेको थियो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको थियो ।  भूकम्पले पुर्याएको पुरा क्षतिबारे विवरण भने आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !