१४ बैशाख २०८१, शुक्रबार

इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई हरायो


फुटबल

एजेन्सी, १० चैत । मैत्रीपूर्ण अन्तराष्ट्रिय फुटबल अन्र्तगत गएराति भएको खेलमा इग्ल्याण्डले नेदरल्याण्डसलाई १ शून्यले हराएको छ ।

इग्ल्याण्डलाई जिताउन लिंगार्डले ५९ औं मिनेटमा गोल गरे । आर्मस्र्डममा आफ्नो पहिलो अन्तराष्ट्रिय गोल गर्दै लिंगार्डले इग्ल्याण्डको अपराजित खेलको संख्या ७ पुर्याएका हुन् ।

गएराति नै भएको अर्को खेलमा जर्मनी र स्पेनले भने बराबरी खेलेका छन् । छैटौ मिनेटमै रोड्रिगोको गोलमा स्पेनले अग्रता लिएपनि ३५ औ मिनेटमा मुलरले बराबरी गोल फर्काए । दुवै टोली युरो कप २०१६ पटिका कुनै खेलमा पनि अपराजित छन् । अहिलेसम्म जर्मनी लगातार अपराजित रहेको खेल संख्या २३ पुगेको छ भने स्पेन १७ खेलमा अपराजित छ ।

अरु खेलमा टर्कीले आयरल्याण्डलाई र कोष्टारिकाले आयरल्याण्डलाई समान १ शुन्यले हराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !