१४ बैशाख २०८१, शुक्रबार

आर्सनल युरोपा लिगकाे क्वार्टरफाइनल प्रवेश


Arsenal vs Watford

एजेन्सी, २ चैत । आर्सनल युरोपा लिगको क्र्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा इटालियन क्लब एसी मिलानलाई तीन एकले हराउँदै समग्रमा ५–१ को जित निकालेको छ । जसबाट आर्सनलले अन्तिम आठमा स्थान बनायो ।

पहिलो लेगमा दुई शुन्यले विजयी भएको आर्सनलले गएराति डेनी वेलबेकको दुई गोलको मद्दतले तीन एकको जित निकालेको हो । त्यसो त आर्सनलले एसी मिलानको एक गोलको अग्रता उल्ट्यायो ।

खेलको ३५ औ मिनेटमा एसी मिलानले अग्रता बनाएको थियो । तर ३९ औं मिनेटमा आर्सनलले पाएको पेनाल्टीलाई वेलबेकले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्याए ।

त्यसपछि ७१ आै मिनेटमा ग्रानीट झाकाले आर्सनललाई २–१ को अवस्थामा पुर्याए । ८६ औं मिनेटमा पुन वेलबेकले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । त्यसपछि पाहुना टिम एसी मिलान खेलमा फर्किन सकेन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !