१४ बैशाख २०८१, शुक्रबार

इण्डियन वेल्समा भेनससँग सेरेना विलियम्स पराजित


serena-williams

एजेन्सी, २९ फागुन ।  पूर्व विश्व नम्बर एक सेरेना विलियम्स इण्डियन वेल्सको तेस्रो चरणबाट बाहिरिएकी छिन् ।

दिदी भेनस विलियम्ससँग २–० को सोझो सेटमा पराजित भएपछि सेरेनाको यात्रा समाप्त भएको हो । भेनसविरुद्धको खेलमा चार ऐसेस प्रहार गरेकी सेरेनाको चार सर्विस ब्रेक गर्दै भेनस विजयी भइन् ।

क्यालिफोर्नियामा भएको खेलको पहिलो सेट ६–३ ले जितेकी भेनसले दोस्रो सेट ६–४ ले आफ्नो पक्षमा पारिन् ।

सुत्केरी भएको ६ महिनामा नै कोर्टमा फर्किएकी सेरेनाले अघिल्ला दुई खेल जितेकी थिइन् । सन् २०१७ को अष्टे«लियन ओपनको फाइनलमा भेनसलाई हराएपछि पहिलो प्रतियोगिता खेलेकी सेरेना १५ महिनापछि कोर्टमा फर्किएकी हुन् ।

पि–्रक्वार्टर फाइनलमा भेनसले लाट्भियाकी अनास्तासिया सेभास्टोभासँग खेल्नेछिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !