८ जेष्ठ २०८१, मंगलबार

अमेरिकामा लकडाउन चाँडै अन्त्य गर्ने ट्रम्पको घोषणा


डोनाल्ड ट्रम्प

एजेन्सी, वैशाख ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिन नदिनका लागि भन्दै लागु गरिएको लकडाउनका नियमहरु चाँडै अन्त्य गरेर देश पुनः सामान्य अवस्था ल्याउने बताएका छन् । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या लगातार बढी रहेपनि ट्रम्पले लकडाउन अन्त्य गर्ने योजना सार्वजनिक गरेका हुन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट वल्डोमिटर्स डट इन्फोको (आज बिहान ६.३० को तथ्यांक) अनुसार अमेरिकामा ३४ हजार ६ सय १७ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या १६ हजार १ सय ६ जनाको मृत्यु भई सकेको छ ।

विश्वमा अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ७७ हजार ५ सय ७० पुगेको छ भने ५७ हजार ५ सय ८ जना निको भएर घर फर्किसकेका छन् । कोरोना भाइरसको संक्रमणको कारण नयाँ आँकडा अनुसार अमेरिकामा चार साताको अवधिमा २ करोड १० लाख जना बेरोजगार भई सकेका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको बिहीबारको ब्रिफिङ्गका क्रममा ट्रम्पले लकडाउन चाँडै अन्त्य गर्ने बताएका हुन् । सबै अमेरिकीहरु कोरोना भाइरसविरुद्ध एकताबद्ध भएर लागेको र रोकथामका उपायहरुले अवस्था अति खराब हुनबाट रोकेको बताएका छन् ।

अहिले अमेरिकाका अधिकांश राज्यमा घरमै बस्नु पर्ने नियम लागु भएको छ । ट्रम्पले लकडाउन दीर्घकालीन उपाय नरहेको बताउँदै सामान्य गतिविधि पुनः सञ्चालन गर्ने सम्बन्धी योजना पनि सार्वजनिक गरेका छन् ।

यो पनि पढ्नुहोस्

अमेरिकामा कोरोनावाट मृत्यु हुनेको संख्या नाघ्यो ३४ हजार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !