४ असार २०८१, सोमबार

भारतका बालबालिकालाई प्रधानमन्त्री मोदीको भिडियो सन्देश


नरेन्द्र मोदी

नयाँदिल्ली, ४ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनमा परेका बालबालिकालाई भिडियो मार्फत् सन्देश दिनुभएको छ । कोरोना भाइरस विरुद्धको लडाईलाई कसरी जित्ने भन्ने बारेमा सिकाउदै गरेको भिडियो बिहीबार प्रधानमन्त्री मोदीले सार्वजनिक गर्नुभएको हो ।

भिडियोमा उहाँले सामाजिक दुरी कायम गर्नु पर्ने आवश्यकता र त्यसका लागि लकडाउनको पालना गर्नु पर्ने कुरालाई जोड दिनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत् सार्वजनिक गरिएको भिडियोमा प्रधानमन्त्री मोदीले कोरोना भाइरस विरुद्धको लडाईमा बालबालिकाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नु भएको छ ।

उहाँले भन्नुभएको छ, “कोरोना भाइरससँग लड्न बालबालिकाले धेरै तरिकाबाट सहयोग गर्न सक्दछन्, घरमै सुरक्षित बसेर अरुलाई शिक्षा दिन पनि सक्नेछन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !