८ जेष्ठ २०८१, मंगलबार

भारतले १९ दिन लम्ब्यायो लकडाउन


नरेन्द्र मोदी

२ वैशाख, काठमाडौं । भारत सरकारले लकडाउनको अवधि मे ३ अथवा वैशाख २१ सम्म लागि लम्ब्याएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज मंगलबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै लडडाउन लम्ब्याउने निर्णय गरेका हुन् ।

यसअघि ३ साताका लागि घोषणा गरिएको लडकडाउनको अवधि भोली ३ गते बुधबारबाट सकिँदै थियो । उनले थप १९ दिनका लागि पुरै भारतभर लडकडाउनको घोषणा गरेका हुन् ।

३० अप्रिलदेखि भने अत्यावश्यक कामका लागि छुट दिन सकिने प्रधानमन्त्री मोदीले बताएका छन् । हालसम्म भारतमा करीव साँढे १० हजार कोरोना संक्रमित रहेको पुष्टि भएको छ भने ३५० भन्दा धेरैको मृत्यु भईसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !