५ जेष्ठ २०८१, शनिबार

निकारागुआमा कोरोना भाइरसको पहिलो सङ्क्रमण


कोरोना भाइरस

मानागुआ, ६ चैत । मध्यअमेरिकी अमेरिकी मुलुक निकारागुआले बुधबार कोभिड–१९ को सङ्क्रमणको पहिलो घटना पुष्टि भएको उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिनु भएको छ ।
निकारागुआका यी नागरिक भर्खर मात्र छिमेकी मुलुक पनामाको यात्राबाट फर्केका मुरिलोले राष्ट्रिय टेलिभिजनमा बताउनु भएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित ती व्यक्तिलाई ज्वरो र सुख्खा खोकी जस्ता लक्षणहरु देखा परेपछि उनी अस्पताल गएका थिए । अस्पतालमा परीक्षण गर्दा उनीमा कोरोना भाइरस पोजेटिभ देखिएको मुरिलोले बताउनु भएको छ । हाल बिरामीको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वभरी ८ हजार ९७० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यसैगरी विश्वभरी बिहीबारसम्म २ लाख १९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !