५ जेष्ठ २०८१, शनिबार

अफगानिस्तानमा हिंसा झन् बढ्यो


हिंसा

१७ माघ (रासस/एएफपी) । अफगानिस्तानमा गत वर्षको पछिल्लो समयमा हिंसा झनै बढेको समाचारमा जनाइएको छ । गत वर्ष अर्थात् सन् २०१९ को पछिल्लो चार महिनामा यहाँ हत्याको संख्यामा बृद्धि भएको बताइएको हो । विशेषगरी राजधानी काबुलमा पहिलाको तुलनामा पछिल्लो चार महिनामा हत्याको शृंखलामा झनै बृद्धि भएको बताइएको हो ।

अमेरिकी सरकारको निगरानीमा यस्तो अवस्था देखिएको समाचारमा जनाइएको छ । यसअघि तुलनात्मक रुपमा अफगानिस्तानको राजधानी काबुल अन्य स्थानको तुलनामा शान्ति रहेकोमा गत वर्षको पछिल्लो चार महिनाको अनुगमनबाट हत्याका घटनामा बृद्धि भएको देखिएको हो ।

अघिल्लो वर्ष अमेरिका र तालिबानबीचमा अफगानिस्तानको काबुलमा रहेका अमेरिकी सेनालाई के कसरी हटाउने भन्ने बारेमा पनि कुराकानी भएको थियो । अमेरिकी सरकारले तालिबान युद्धको अन्त्यका लागि शान्ति वार्ताको बारेमा पनि आवश्यक परामर्श गरेको थियो । तर वार्ता भने सम्भव हुन सकेन ।

तर त्यस वार्ता अवधिमा भने तालिबानहरुबाट हिंसा भएको थिएन । उनीहरुले युद्ध विराम नै नगरेको भए पनि काबुलमा भने हत्याका घटनामा कमी आएको थियो । अमेरिकी सरकारको उक्त निगरानी निकायद्धारा शुक्रबार सार्वजनिक गरिएको तथ्यांकमा गत वर्षको पछिल्लो चार महिनामा ८ हजार २०४ ओटा आक्रमणका घटना भएको थियो ।

यो संख्या यसै अवधिको अघिल्लो वर्षको भन्दा बढी हो । यसै अवधिमा सन् २०१८ मा ६ हजार ९४७ ओटा घटना भएको थियो । सेप्टेम्बर महिनामा अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको मतदान भएको थियो । त्यस समयमा झनै धेरै आक्रमणका घटना भएका थिए ।

सेप्टेम्बर महिनामा सन् २०१० पछिको सबैभन्दा धेरै आक्रमणका घटना भएका थिए । तालिबानहरुले आक्रमणका घटनामा बृद्धि भएपछि अमेरिकी सेनाले आक्रामक कारबाही गर्ने गरेको भए पनि त्यसको प्रभावकारीता भने देखिएको छैन ।

पछिल्लो छ महिनाको अवस्था हेर्दा अफगानिस्तानको समग्र क्षेत्रमा छ प्रतिशतले आक्रमणका घटनामा बृद्धि भएको बताइएको छ । ती मध्येका उनीहरुका आक्रमणहरु करिब ४ प्रतिशत त प्रभावकारी नै भएका थिए ।

उता अमेरिकाले पनि गत वर्ष कारबाहीका घटनामा बृद्धि गरिरहेको छ । अमेरिकाले युद्धक विमानहरुको प्रयोग गर्ने र तालिबानको प्रभाव रहेका भनिएका क्षेत्रहरुमा हवाई आक्रमणहरु पन बिढाएको छ ।

अफगानिस्तानमा सन् २००१ मा तालिबान शासनको अन्त्य भएपछि उनीहरुले यहाँ सशस्त्र हिंसा मच्चाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !