२२ बैशाख २०८१, शनिबार

इरान विमान दुर्घटना: मृत्यु हुनेको संख्या १७६ पुग्यो (अपडेट)


एजेन्सी । इरानको राजधानी तेहरानमा विमान दुर्घटना हुँदा यात्रु र चालक दलका सदस्य गरी १ सय ७६ जनाको मृत्यु भएको छ । तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो । विमानमा सवार सबैको मृत्यु भएको समाचारसंस्था एपीले इरानी संचारमाध्यमलाई उद्धृत गर्दै लेखेको छ ।

युक्रेन इन्टरनेसनल एअरलाइन्सको बोइङ ७३७ विमान बुधबार बिहान दुर्घटनाग्रस्त भएको हो । विमानमा इरानी सञ्चारमाध्यमले यसअघि १८० जना सवार रहेको बताए पनि पछि भने उक्त संख्या १७० रहेको पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !