१४ बैशाख २०८१, शुक्रबार

सडक दुर्घटना हुँदा ६९ गाडी एकै थुप्रो भएपछि…


एजेन्सी, अमेरिकाको भर्जिनियामा आइबार बिहान सडक दुर्घटना भएका छन् । पूर्वी भर्जिनियाको इन्टरस्टेट ६४ मा बाक्लो कुहिरो र हिउँ परेका र चिसो सडकका कारण दुर्घटना हुँदा लगभग ७० वटा गाडी एकै थुप्रो भएका छन् । दुर्घटनापछि सडकका दुबैतर्फको आवतजावत बन्द गरिएको अधिकारीले बताएका छन् ।

‘घटनास्थल र अस्पताल गरी ५१ जनाको उपचार भएको छ जसमध्ये दुईको स्थिती गम्भीर छ,’ योर्क काउन्टीका अग्निनियन्त्रण विभागका प्रमुख स्टिभ कोप्जिन्सिकीले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !