६ जेष्ठ २०८१, आइतबार

२३ वर्षीया क्याट १४ हप्ताकी गर्भवती हुँदा हुँदै आगोसँग लड्न तयार


एजेन्सी, अष्ट्रेलियाकी २३ वर्षीया क्याट रोबिन्सन विलियम्स १४ हप्ताकी गर्भवती हुँदा हुँदै पनि आगोसँग लड्नका लागि अग्नि नियन्त्रकको रुपमा काम गरेकी छिन् । तर अग्नि नियन्त्रक (फायर फाइटर) को भूमिकामा अष्ट्रेलियाको जंगलमा फैलिएको भयानक आगोसँग उनी बहादुरीका साथ लडिरहेकी छिन् ।

विलियम्सका अनुसार उनका थुप्रै साथीहरु उनको यो निर्णयका कारण चिन्तित छन् र उनलाई यस्तो नगर्न सुझाइरहेका छन् । उनले इन्स्टाग्राममा एउटा पोष्ट लेख्दै यस्तो स्थितीमा उनी ‘चुपचाप लागेर पछाडि बस्न नसक्ने’ बताएकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !