२४ बैशाख २०८१, सोमबार

कारबाहीमा छ आतङ्ककारीका मारिए


शव

गार्डेज, १३ असार । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टियामा आतङ्ककारीविरुद्ध प्रहरी गरेको कारबाहीको क्रममा हक्कानी सञ्जालका कम्तीमा छ सदस्य मारिएका छन् । प्रान्तीय प्रशासनले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।

पाक्टिया प्रान्तको गर्डिसिराई जिल्लामा जारी सुरक्षा कारबाहीको क्रममा तालिबान लडाकू समूहआवद्ध सात हक्कानी सञ्जालका सदस्यहरु पक्राउ परेका पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षा अधिकारी र सर्वसाधारणको हताहत नभएको जारी विज्ञप्तिमा जनाइएको छ । तालिबान लडाकू समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !