२१ बैशाख २०८१, शुक्रबार

लिबियामा जारी तनाबबारे वार्ता


Nepalpatra

त्रिपोली, ८ असार । लिबियाका लागि राष्ट्रसंघीय विशेषदूत घसान सालामेले शनिबार लिबियाको पूर्वी क्षेत्रमा सक्रिय सैनिक कमान्डर खलिफा हफ्तारसँग भेटवार्ता गर्नुभएको छ ।

राजधानी त्रिपोलीलाई नियन्त्रणमा लिने प्रयासस्वरुप अन्तर्राष्ट्रिय समर्थन प्राप्त सरकारी सेना र हफ्तार समर्थित सेनाबीच जारी संघर्षका बारेमा उहाँहरुबीच रुजमेह शहरमा कुराकानी भएको हो ।

त्रिपोलीस्थित राष्ट्रसंघीय कार्यालयका अनुसार सशस्त्र द्वन्द्वका कारण त्रिपोलीमा सिर्जित मानवीय संकटका बारेमा दुबै नेताबीच छलफल भएको छ । दुबै नेताबीच लिबियाको राजनीतिक समाधानका बारेमा पनि कुराकानी भएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार दुबै पक्षबीच जारी सशस्त्र हिंसाबाट ६९१ जनाको मृत्यु भइसकेको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !