२३ बैशाख २०८१, आइतबार

वार्षिक एक डलर मात्रै तलब लिन्छन् राष्ट्रपति ट्रम्प, सुरक्षागार्डविनै यात्रा गर्छन् ओबामा


एजेन्सी । हाम्रो नेपालमा राष्ट्रपति प्रधानमन्त्री जस्ता ठुला व्यक्तिहरुको सवारीले बेलाबेलामा निकै चर्चा पाउछ । सबैभन्दा बढी चर्चामा त राष्ट्रपतिकै नाम आउछ । भिआइपीको सवारले जाम खेपेका जनताहरु बेलाबेलामा आक्रोसित भएको पनि देखिदै आएको छ ।

तर विश्वमा यस्ता ठुला व्यक्ति छन् जो आफ्नो जिवन सैली सरल तरिकाले जिउन चाहन्छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्षिक एक डलर मात्रै तलब लिन्छन्, बाँकी ३९ हजार ९ सय ९९ डलर सामाजिक काममा खर्च गर्छन् । ट्रम्प विलासी र सन्काहा नेताका रुपमा जति परिचित छन् त्यति नै मनकारी पनि छन् । राष्ट्रपतिमा निर्वाचित हुनुअघि नै उनले तलब नलिने घोषणा गरेका थिए । तर, अमेरिकी कानुनले उनलाई त्यस्तो छुट दिएन ।

यसैगरी अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा हाल समाज सेवामा सक्रिय छन् । सर्वसाधारणकै शैलीमा व्यस्त सपिङ कम्प्लेक्समा किनमेल गरिरहेका भेटिन्छन् ।

कहिलेकाहीँ सडकपेटीमा वेच्न राखिएका फलफूलको मज्जा लिन्छन् । सुरक्षागार्डविना नै यात्रा गर्न रुचाउँछन् । बिरामीदेखि युद्धपीडितसम्मका लागि सहयोग लिएर पुग्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !