२० बैशाख २०८१, बिहिबार

सैनिक कारबाहीमा १८ जना तालिबान लडाकू मारिए


fire

२९ चैत, काबुल । अफगानिस्तानको उरुज्गान प्रान्तमा अफगान सुरक्षाफौजले गरेको कारबाहीमा १८ जना तालिबान लडाकू मारिएका छन् ।अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा “उरुज्गान प्रान्तमा गरिएको कारबाहीका क्रममा १८ जना भन्दा बढी तालिबान आतङ्ककारी समूहका सदस्यहरु मारिएको” उल्लेख छ ।

कारबाहीका क्रममा भारी र हलुका हातहतियारहरु पनि कब्जा गरिएको विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीका विषयमा तालिबानले केही टिप्पणी गरेको छैन । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !