६ जेष्ठ २०८१, आइतबार

पूर्वी अफगानिस्तानमा विस्फोट, ठूलो क्षतिको आशङ्का


सात प्रहरी अधिकारीको मृत्यु

२२ फागुन, जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा बुधबार बिहान सबेरै शृंखलाबद्ध बम विस्फोट हुँदा ठूलो मानवीय तथा सम्पत्तीको क्षति भएको आशङ्का गरिएको एकजना सरकारी अधिकारीले जानकारी दिनु भएको छ ।

दुइजना आत्मघाती आक्रमणकारी र अरु दुई गरी चार जनाको अफगान सुरक्षाकर्मीले गरेको सुरक्षा कारबाहीमा ज्यान गएको छ ।

बुधबार बिहान शृंखलाबद्ध रुपमा विस्फोट भएका र आक्रमणका लागि पनि विस्फोटक पदार्थ राखिएको भेष्ट लगाएका आक्रमणकारीहरुमाथि प्रहरीले कारबाही गरेको थियो ।

सो प्रान्तका प्रान्तीय प्रवक्ता आत्तुउल्लाह खोग्यानीले एएफपी समाचार समितिलाई बताएअनुसार सुरक्षा अधिकारीहरुले आफ्नो कारबाही भने जारी राखेको बताइएको छ ।

एएफपीका एक समाचारदाताले बुधबार बिहान यस विस्फोटको पुष्टि गरेका छन् । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।

जलालाबाद विमानस्थलको अगाडिको एक निजी कम्पनीलाई लक्ष्य गरेर आतङ्ककारीहरुले आक्रमण शुरु गरेका थिए । यद्यपी यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

बिहानका आक्रमणहरु भीषण रहेका र विस्फोटपछि ठूलै मानवीय तथा सम्पत्तीको क्षतिको आशङ्का गरिएको छ । प्रहरीले यस बम आक्रमणको अनुुसन्धान थालिएको जनाएको छ । (रासस/सिन्हवा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !