२० बैशाख २०८१, बिहिबार

लिबिया सरकारद्वारा त्रिपोली युद्ध विराम सम्झौताको घोषणा


Nepalpatra

१० असोज, त्रिपोली । अन्तर्राष्ट्रिय पहिचान प्राप्त लिबियाली सरकारले बुधबार नयाँ युद्ध विरामसम्बन्धी सम्झौताको घोषणा गरेको छ ।

त्रिपोलीको दक्षिणी क्षेत्रमा केही समयदेखि विद्रोही लडाकूहरूसँग भइरहेको भिडन्त अन्त्य गर्न युद्ध विरामको घोषणा गरिएको अधिकारीहरूले बताएका छन् ।

विगत एक महिनामा मात्रै सो क्षेत्रमा एक सयभन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

युद्ध विराम सम्झौतामा राजधानी, तार्हुना, दक्षिण त्रिपोलीका प्रतिनिधिहरूले हस्ताक्षर गरेको गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

सम्झौता भएको बारेमा गृहमन्त्री अब्देसालेम अशौरले पुष्टी गर्नुभएको छ । युद्धको विपक्षमा रहेकाहरूले त्यो सम्झौताको स्वागत गरेका छन् ।

अधिकारीहरूका अनुसार सो क्षेत्रमा भएको भिडन्तमा परी एक महिनामा चार सयभन्दा बढी घाइते भएका छन् भने २५ हजारभन्दा बढी विस्थापित भएका छन् । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !