१५ जेष्ठ २०८१, मंगलबार

भियतनामी उपराष्ट्रपति कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा


Vice President Dang Thi Ngoc Thinh

७ असोज, हनोई । भियतनामका उपराष्ट्रपति डाङ थी नोक थिन्हलाई आइतबार कार्यवाहक राष्ट्रपति बनाइएको भियतनाम समाचार समितिले जनाएको छ । दुई दिनअघि भियतनामका राष्ट्रपति ट्रान डाई क्वाङको ६१ वर्षका उमेरमा निधन भएको थियो ।

उपराष्ट्रपति थिन्ह सन् २०१६ देखि सो पदमा हुनुहुन्थ्यो ।

भियतनामको राष्ट्रिय सभाको स्थायी समितिका तर्फबाट राष्ट्रिय सभाकी उपाध्यक्ष नुएन थी कीम नानले आइतबार उपराष्ट्रपति थिन्हलाई औपचारिक रुपमा राष्ट्रपति नबनाउँदासम्म कार्यवाहक राष्ट्रपति बनाउनेसम्बन्धी कागजातमा हस्ताक्षर गर्नुभएको थियो ।

राष्ट्रिय सभाले थिन्हलाई औपचारिक रुपमा निर्वाचन गरी राष्ट्रपतिमा चयन गर्नेछ ।(रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !