२१ बैशाख २०८१, शुक्रबार

बार्सिलोनाको संघर्षपूर्ण जित


Barca

१० भदौ, काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविक विजेता बार्सिलोनाले रियल भालोडोलिडबिरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।

भालाडोलिडले घरेलु मैदानमा बार्सिलोनालाई गोल गर्ने अवसर नै दिएको थिएन । तर, दोस्रो हाफमा ओस्मान डेम्बेलेले बार्सिलोनाका लागि गोल गरे । उनले खेलको ५७औं मिनेटमा सेर्गी रोबर्टोको पासमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक रह्यो ।

खेलको अन्त्यतिर भालाडोलिडले बराबरी गोल फर्काएको थियो । तर, भिडियो असिस्टेन्ट रेफ्री भारले गोलको मान्यता नदिएपछि यसै सिजनदेखि ला लिगामा बढुवा भएको भालाडोलिडलाई लिगमा पहिलो जित हासिल गर्ने अवसर गुम्यो ।

शनिबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले पनि रायो भालेकानोलाई १–० गोलले हराएको छ । खेलको ६३औं मिनेटमा एन्टोइन ग्रिजमनको गोल नै एथ्लेटिको मड्रिडको जितमा निर्णायक बन्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !