९ जेष्ठ २०८१, बुधबार

भेनेजुएलाका राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण


(180804) — CARACAS, Aug. 4, 2018 (Xinhua) — A security member bleeds after Venezuelan President Nicolas Maduro’s speech was interrupted in Caracas, Venezuela, on Aug. 4, 2018. Venezuela’s Minister of Communication Jorge Rodriguez confirmed on Saturday night an attempted attack against President Nicolas Maduro. (Xinhua)

२० साउन, काराकास, भेनेजुएला । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरि शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उहाँलाई लक्षित गर्दै आक्रमण भएको थियो ।

सरकारले उक्त आक्रमणबाट राष्ट्रपति जोगिनु भएको जनाउँदै आक्रमणमा परी सात जना सैन्य अधिकारीहरु घाइते भएको जनाएको छ । “यो राष्ट्रपति निकोलस मडुरो विरुद्धको आक्रमण हो,” भेनेजुएलाका सञ्चार मन्त्री जर्ज रोड्रिगेजले भन्नुभयो ।

घटना हुँदा उक्त सैनिक कार्यक्रमको एक टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको थियो ।

राज्य–सञ्चालित टेलिभिजनले प्रशारण गरेको दृश्यमा विस्फोटको ठूलो आवाज सुनिएपछि राष्ट्रपति मडुरो त्रसित हुनुभएको र सैनिकहरुले उहाँलाई घेरा हालेका थिए भने भाषण सुनिरहेका सैनिक टुकडी तितरबितर भएका थिए ।

सञ्चार मन्त्री जर्जका अनुसार, राष्ट्रपति बोलिरहनुभएको मञ्चको छेउमै विस्फोट भएको थियो, र यस्ता विस्फोट त्यहीँनजिक अरु पनि भएका थिए ।

यसैबीच राष्ट्रपति मडुरोले कोलम्बियाका राष्ट्रपति हुआँ म्यानुअल सान्तोसले सो आक्रमण गर्न लगाएको आरोप लगाउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “यसमा मलाई कुनै दुविधा छैन, यो घटना हुनुका पछाडी कोलम्बियाका राष्ट्रपतिको हात छ ।” तर कोलम्बिया सरकारले मडुरोको उक्त आरोपको खण्डन गरेको छ ।

आक्रमणपछि अहिले भेनेजुएलामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने सुरक्षाकर्मीहरु व्यापक रुपमा परिचालन गरिएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु