१५ बैशाख २०८१, शनिबार

इजिप्टमा ७५ जनालाई मृत्युदण्डको सजाय


Egypt Punishment

१३ साउन, काएरो, इजिप्ट । इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ ।

इजिप्टको कानून अनुसार फैसलालाई कायान्वयनमा लान सादा पोशाकधारी अन्य सरकारी अधिकारीको पनि परामर्श लिनु पर्ने प्रावधान रहेको छ । मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने पनि कानूनी व्यवस्था रहने छ ।

आन्दोलनको बलमा पदच्युत गरिएका इश्लामिक राष्ट्रपति मोहमद मोर्सी र सुरक्षाकर्मीबीच सन् २०१३ मा भएका झडपहरूमा प्रहरीको हत्यामा सम्लग्नता रहेका तथा सार्वजनिक सम्पत्ती हिनाविना गरेको आरोपमा मुद्दा लागेका ७१३ जनमध्ये ७५ जनालाई शनिबार मृत्युदण्डको सजाय सुनाइएको हो ।

आधुनिक इजिप्टको इतिहासमा भएको कहालीलाग्दो उक्त झडपमा उक्त समय करीब ७०० इजिप्टेली नागरिकको मृत्यु भएको थियो ।

जसमा बरिष्ठ ब्रदरशहुड नेता मोहम्मद एल–बेल्टागी, इश्लाम अल–आर्यन र सफ्वात हिजाजी अदालतको कठघरामा रहेका थिए भने अन्य सुनुवाइका क्रममा अनुपस्थित थिए ।

अदालतले गत मे महिनामा युनेस्को प्रेस स्वतन्त्रता पुरस्कार प्राप्त गरेका शावकान नामबाट चिनिने प्रसिद्ध फोटो पत्रकार महमद अवु जैदको सुनुवाई भने तत्कालका लागि स्थगित गरेको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !