९ जेष्ठ २०८१, बुधबार

पुटिन र ट्रम्प निरन्तर “उपयोगी सम्पर्कमा”


Trump-Putin-1

९ साउन, मस्को ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच निरन्तर “उपयोगी सम्पर्क” भइरहेको छ ।

यसअघि भएको दुई नेताको शिखर वार्ताका क्रममा निरन्तर सम्पर्कमा रहने सहमति भएबमोजिम उहाँहरू सम्पर्कमा रहिरहनु भएको फ्रान्सको प्रमुख प्रशासनीक केन्द्रका अधिकारीहरूले बताएका छन् ।

रुस र अमेरिकाका बीचमा रहेको कूटनीतिक चिसोपन कम गर्न यस्ता भेटघाट र वार्ताहरूले सहयोग पुग्ने विश्वास गरिएको छ ।

पुटिन र ट्रम्पको शिखर सम्मेलन गत हप्तामात्रै फिनल्याण्डको हेल्सिन्कीमा भएको थियो । सम्मेलनमा ट्रम्पको भूमिकालाई लिएर कतिपय उहाँकै सुभेच्छुकहरूले चर्को आलोचना गरेका थिए ।

यसै वर्षको अन्त्य तिर अमेरिकाको वासिङटनमा दुई नेताको अर्को शिखर बैठक गर्ने सहमति पनि भएको जनाइएको छ । तर दुवैतर्फबाट यसका लागि कुनै तयारी भने नभएको अधिकारीहरूले जनाएका छन् । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु