९ जेष्ठ २०८१, बुधबार

उत्तर कोरियासँगको वार्तापछिको प्रगतिप्रति ट्रम्प “अत्यन्त खुशी”


Donald Trump

८ साउन, वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू “अत्यन्त खुशी” भएको बताउनुभएको छ ।

अवस्था जे जसरी अगाडि बढीरहेको छ, त्यसले आफूलाई सन्तुष्ट पनि बनाएको राष्ट्रपति ट्रम्पले सोमबार बताउनुभयो ।

“नौ महिनासम्म उत्तर कोरियाले एउटा पनि प्रक्षेपण गरेको छैन, न त कुनै परमाणु परीक्षण नै गरेको छ,” ट्रम्पले भन्नुभयो ।

उहाँले उत्तर कोरियाको पछिल्लो भूमिकाबाट विषेश गरेर जापानमा बढी खुशीयाली छाएको र पूरै एसिया नै खुशी भएको बताउनुभयो ।

तर भ्रामक समाचारले भने आफूलाई सताइरहेको ट्रम्पको भनाई छ । आफूलाई सोध्दै नसोधी वा आफूसँग कुनै कुरै नगरी अस्पष्ट स्रोतलाई उल्लेख गर्दै आएका समाचारले आफूलाई रिस उठाउने गरेको उहाँले जानकारी दिनुभयो ।

“त्यो गलत हो, म भने अत्यन्त खुशी छु” उहाँले पत्रकारहरूसँग सोमबार संक्षिप्त कुराकानीका क्रममा भन्नुभयो । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु