२० बैशाख २०८१, बिहिबार

पेनाल्टीमा चुके रोनाल्डो, समूहको उपविजेता बन्दै नकआउट चरणमा पाेर्चुगल


Protugal

१२ असार, काठमाडौं । विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा पोर्चुगलले इरानसँग एक–एक गोलको बाराबरी खेलेको छ ।

क्रिष्टियानो रोनाल्डोले पेनाल्टी मिस गरेको खेलमा पोर्चुगलका लागि रिकार्डो क्वारेज्माले पहिलो हाफका ४५औं मिनेटमा आन्द्रे शिल्भाको पासमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

५३औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । इरानी डिफेण्डर मुर्तजा पोउरागिलान्जीले रोनाल्डोलाई डिबक्सभित्र फल गरेपछि भिडियो असिस्टेन्ट रेफ्री भारले पोर्चुगलको पक्षमा पेनाल्टी करार गरेको थियो । तर, रियल मड्रिडका पोर्चुगिज सुपरस्टार रोनाल्डोको प्रहार इरानी गोलरक्षक अलिरेजा बेइरानभान्डले बचाएका थिए ।

नियमित ९० मिनेट पनि ६ मिनेट थपिएको इन्ज्यूरी समयको तेस्रो मिनेटमा इरानले पेनाल्टीको अवसर पायो । जसलाई करिम अन्सारीफार्डले गोलमा परिणत गरी रोनाल्डोको टोलीलाई बराबरीमा रोके । बराबरीले पोर्चुगलले ठूलो मौका चुकाउनुपर्ने निश्चित देखिन्छ ।

यो बराबरीले पोर्चुगल समूह बीको उपविजेता बनेको छ र उसले क्वार्टरफाइनल प्रवेशका लागि समूह ए को विजेता उरुग्वेसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यता समूह बीको विजेता स्पेनले उपविजेता घरेलु टोली रुससँग प्रतिस्पर्धा गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !