२१ बैशाख २०८१, शुक्रबार

लेबनानका प्रधानमन्त्रीले रुसी राष्ट्रपतिलाई भेट्ने


Lebanan

३१ जेठ, बेरुत  । लेबनानका प्रधानमन्त्री साआद हरिरिले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेटवार्ता गर्ने हुनुभएको छ ।

‘फिफा वर्ड कप’को पूर्वसन्ध्यामा उहाँहरुबीच भेटवार्ता हुन लागेको हरिरिको कार्यालयले बुधबार प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उहाँले बिहीबार रुसको मस्कोमा शुरु हुन गइरहेक विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा सहभागीता जनाउनु हुने बताइएको छ ।

संसदीय निर्वाचनबाट गत मेमा हरिरि नयाँ कार्यकालका लागि पनि प्रधानमन्त्री बन्नु भएको थियो । हाल उहाँ संयुक्त गठबन्धन सरकारको तर्फबाट प्रधानमन्त्री हुनुहन्छ ।

हाल ४८ वर्ष पुग्नु भएका हरिरिले यसअघि रुसको सोची शहरमा रहेको ‘रसियाली ब्ल्याक सी रिसोर्ट’मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटतवार्ता गर्नुभएको थियो । (एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !