१९ बैशाख २०८१, बुधबार

विश्वकप फुटबल २०१८को थिम ‘कलर्स’ सार्वजनिक (भिडियोसहित)


WorldCup Color

१ जेठ, काठमाण्डौ । फिफा विश्वकप फुटबल २०१८ का लागि कोकाकोलाले आफ्नो प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक गरेको छ ।

कोकाकोला एन्थम नाम दिइएको यो गीतमा लेखन तथा गायन अमेरिकी पप स्टार जेसन डेरुलोको छ ।

बोटलर्स नेपालले आइतबार निकालेको विज्ञप्तिका अनुसार गायक जेसन डेरुलोले यो भिडियो आफ्नो जन्मभूमि हाइटी पुगेर तयार गरेका हुन् । भिडियोमा विभिन्न देशका नागरिक आआफ्ना राष्ट्रिय झण्डा समातेर सुन्दर खेलको सबैभन्दा ठूलो प्रतियोगिता मनाउन अगाडि बढिरहेको देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस् :


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !