८ बैशाख २०८१, शनिबार

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार


इमरान खानमाथि गोली प्रहार

वजीराबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । तेहरिक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष समेत रहेका खानमाथि हत्या प्रयासस्वरुप गोली प्रहार भएको हो ।

खान सत्तारुढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा कन्टेनर नजिकै गोली चल्दा घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको बताइएको छ । उनीको गाडीलाई लक्षित गरेर गोली प्रहार गरेकोमा खानको खुट्टामा गोली लागेको बताइएको छ ।

हकीकी मार्च वजीराबाद प्रवेश गर्ने क्रममा यो घटना भएको होे । गोली चलेपछि मार्चका क्रममा भागदौड मच्चिएको थियो । कन्टेनरमा सवार पीटीआईका नेतासहित सबै आत्तिएका थिए । एआरवाई न्यूजका अनुसार गोली चल्दा प्रदर्शन जफराली खान चोक नजिकै पुगेको थियो ।

पूर्वप्रधानमन्त्री खानको लङ मार्च कन्टेनर नजिकै गोली चल्दा उनीसहित अन्य ५ जना घाइते भएको स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले गोली काण्डमा ५ जना घाइते भएको जानकारी दिएका छन् ।

गोली लागेर घाइते भएकाहरुलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको प्रहरीले जनाएको छ । एआरवाई न्यूजले स्रोतलाई उद्धृत गर्दै आक्रमणमा सम्लग्न आरोपित एक जनाको मृत्यु भएको छ भने एक जनालाई हिरासतमा लिइएको जनाएको छ ।

घाइते पूर्व प्रधानमन्त्रीसहित सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनले सरकारको राजीनामा माग गर्दै विरोध प्रदर्शनमाथि गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !