२१ बैशाख २०८१, शुक्रबार

बार्सिलोनाको अपराजित रोकियो, लेभाण्टेसँग ५–४ ले पराजित


Barcelona luis Suaraz

एजेन्सी, ३१ वैशाख । स्पेनिस लालिगा फुटबलको सिंगो सिजन अपराजित रहने बार्सिलोनाको सपना चकनाचुर भएको छ । सोमबार बिहान भएको खेलमा लेभाण्टेसँग ५–४ ले पराजित भएसँगै ला लिगाको सिजनभरि अपराजित रहने बार्सिलोनाको सपना टुटेको हो ।

बार्सिलोनाका लागि फिलिप कोटिन्होको ह्याट्रिक तथा लुइस स्वारेजको एक गोल ब्यर्थ जस्तै भयो । लेभान्टेको मैदानमा भएको खेलमा घरेलु टिमलाई जिताउन इम्मानुयल बोयटिङले ह्याट्रिक गरे भने इनिस बार्धीले २ गोल गरे ।

बोयटिङले ९, ३० र ३९ औं मिनेटमा गोल गरे । यस्तै, बार्धिले ४६ र ५६ औं मिनेटमा गोल गरे । ५–१ ले पछि परेको टिमलाई कोटिन्हो र स्वारेजले ५–४ को अवस्थामा पुर्याएका थिए । यो खेल बराबरी गर्न सकेको भए पनि बार्सिलोनाको अपराजित रहने सपना कायमै रहने थियो ।

कोटिन्होले ३८, ५९ र ६४ औं मिनेटमा गोल गरेका थिए । ७१ औं मिनेटमा लुइस स्वारेजले पेनाल्टीमार्फत गोल थपे । तर बार्सिलोनाले त्यसपछि गोल थप्न सकेन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !