१९ बैशाख २०८१, बुधबार

आईपीएलमा राजस्थानद्वारा पञ्जाव १५ रनले पराजित


IPL

एजेन्सी, २६ वैशाख । इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा राजस्थानले पञ्जावलाई १५ रनले हराएको छ ।

जयपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५८ रन बनायो । राजस्थानका लागि जोस बटलरले ८२ रन बनाए भने सन्जु सामसनले २२ तथा बेन स्टोकले १४ र स्टुवार्ट विनीले ११ रनको योगदान गरे ।  बलिङतर्फ एन्ड्रु तेइले ४ विकेट लिए ।

जवाफमा पञ्जावले २० ओभरमा सात विकेट गुमाउँदा एक सय ४३ रनमा रोकियो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । एक पछि अर्को विकेट गुमाएको पञ्जावले ६६ रन बनाउँदा ५ विकेट खेर फाल्यो । उसका लागि ओपनर लोकेश राहुलले ९५ रन बनाउदा अरु खेलाडी एकोहोरो रुपमा आउट भए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !