२१ बैशाख २०८१, शुक्रबार

अतिवादीबिरुद्वको कारबाहीका क्रममा पाँच लिबियाली सैनिकको मृत्यु


एजेन्सी, २६ वैशाख । लिबियाको पूर्वी सहर दार्नामा अतिवादी समूह विरुद्ध भएको झडपमा परी पाँच लिबियाली सैनिकको मृत्यु भएको सैनिक स्रोतले मङ्गलबार जानकारी दिएको छ ।

सोमबार भएको यस झडपको क्रममा अन्य कैयौँ घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ ।
हाल झडप जारी नभएको भए पनि सैनिक बलतर्फ ठूलो क्षति भएको स्रोतले जानकारी दिएको छ ।

गत बिहीबार पनि दार्नामा नै अतिवादी समूह र लिबियाली सैनिकबीच भएको झडपको क्रममा कम्तीमा चार सैनिकको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका थिए। (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !